एमालेलाई माधव नेपालको आवश्यकता छैन

डिसी नेपाल
३१ भदौ २०७८ १६:१६

काठमाडौँ । विहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताएका छन् ।

यसअघि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई फेरि एमालेमै फर्कन आग्रह गरेकी थिइन् । अध्यक्ष ओलीले शाक्यलाई लक्षित गर्दै नेता नेपाललाई एमालेमा फर्काउनुको औचित्य नरहेको बताएका हुन् ।

माधव नेपाल एमालेमा छउन्जेल पार्टीमा गुटबन्दी वाहेक केही नभएको ओलीको भनाइ थियो । साथै पार्टी सरकारमा हुँदा माधव नेपाल केही नबोलेको तर रोस्ट्रममा उभिपछि गीत गाएको भन्दै अध्यक्ष ओलीले व्यंग्य गरेका थिए । यस्तै माधव नेपाल इगोले चल्ने नेता भएको उनको आरोप थियो ।

उनले थप भने, ‘माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन ।’ त्यस्तै उनले पार्टीमा भइन्जेल माधव नेपालले कहिल्यै पनि पार्टी र सरकारको पक्षमा नबोलेको पनि दाबी गरे । त्यस्तै माधव नेपालले साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको पनि उनको आरोप छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *