माओवादी एमालेमै छः ओली

डिसी नेपाल
३१ भदौ २०७८ १६:३०
240
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट माओवादी अलग नभइ माओवादीबाट प्रचण्ड गुट बाहिरिएको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, अझै पनि माओवादी केन्द्र एमालेभित्रै छन् माओवादीबाट जो एकीकृत भएको थियो, त्यसको गुट लिएर प्रचण्ड अलग भए ।

माओवादी केन्द्रको नाम पाउनु अलग कुरा भएको बताउँदै ओलीले भने, ‘माओवादी केन्द्र नाम छ , कानुनी हिसाबमा छ । अब माओवादी केन्द्र होइन, प्रचण्ड गुट मात्र हो । राजनीतिक रूपमा माओवादी केन्द्र त यो पार्टीमा मिलिसक्यो । यसबाट प्रचण्डजी अलग हुनुभयो । माओवादी केन्द्र नाम पाउनु बेग्लै कुरा हो, तर प्रचण्ड गुट अलग भयो ।’

माओवादीका साथीहरू एमाले छाड्न नमानेको तर प्रचण्ड गुट लिएर गएको आरोप लगाउँदै उनले भने, ‘नेकपा माओवादी केन्द्रका एकीकृत साथीहरूको ठूलै हिस्स थियो । प्रचण्डसँगै जान मानेनन्, प्रचण्ड गुटसँग जान मानेनन् । पार्टीमै रह्यो, एकीकृत पार्टीमा यहीँ हुनुहुन्छ ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *