भोलि माधव नेपालले पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने

काठमाडौं । काठमाडौंको मीनभवन आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन हुने भएको छ।
भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान साढे १० बजे अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
पार्टी कार्यालय बागमती करिडोरबाट नजिक रहेको खतिवडाले जानकारी दिएका छन् ।
प्रतिक्रिया
Facebook Comment