सभामुख सापकोटा र खनालबीच भेटवार्ता
काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटा र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।शुक्रबार काठमाडौंको डल्लुस्थित खनालको निवासमा पुगेर सापकोटाले भेट गरेको सभामुख निकट स्रोतले जनाएको छ।
मृगौलामा समस्या आएपछि भारतको अस्पतालमा करिब दुई महिना बसेर खनालले मिर्गौला प्रत्यारोपण गरेका थिए।प्रत्यारोपण पश्चात खनाल भदौ २४ गते नेपाल आएका थिए। यसबीचमा खनाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले खनाल निवास पुगेका थिए।स्रोत अनुसार,अहिलेपनि भेट जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment