नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

डिसी नेपाल
१ असोज २०७८ १८:०८

काठमाडौं । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।

शुक्रबार सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।

कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *