माओवादीमा कार्यकर्ताले नेता छान्ने विधि लागू गरौंः जनार्दन शर्मा

डिसी नेपाल
१ असोज २०७८ १९:४७
40
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका छन् ।

माओवादीमा टिके प्रथा हावी भएको भनि टिकाटिप्पणी बेलाबेलामा हुने गरेकोमा शर्माले यस्तो बताएका हुन् । अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका नेता शर्माले संगठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताए । ‘युवाहरु अघि बढ्नुस्, आफ्नो नेता तपाई आफै चुन्नोस्’ उनले भने ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले संगठन बनाउँछ, पार्टी बनाउछ ।’ उनले पार्टीको नीतिबमोजिम विद्यार्थी संगठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गरे ।

यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै मन्त्री शर्माले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *