कांग्रेस अधिवेशनः१३ जिल्लाको क्रियाशील सदस्य अझै अन्यौलमा

डिसी नेपाल
३ असोज २०७८ १२:४४

काठमाडौं। नेपाली कांग्रेसको पछिल्लो कार्यतालिका अनुसार वडा अधिवेशन आउन २ दिन बाँकी रहेको छ। पछिल्लो समय ल्याइएको कार्यतालिका अनुसार,क्रियाशील सदस्यता सार्वजानिक गर्न बाँकी जिल्लाको हकमा असोज ५गते वडा अधिवेशन गर्ने मिति तय भएको थियो। यस्तै पालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने गरी नयाँ कार्यतालिका छ।

तर,तय भएको मिति आउन २ दिन मात्र रहँदापनि १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजानिक हुन सकेको छैन।प्रदेश नम्बर २ मा रहेका सबै ८ ओटै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *