एमालेमा कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहद प्रस्ताव

डिसी नेपाल
३ असोज २०७८ २०:०५

काठमाडौं । नेकपा एमालेले पार्टीका तीनवटा प्रतिवेदन माथि छलफल सुरु गरेको छ ।

आइतबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धि प्रतिवेदन र सांगठानीक प्रतिवेदनमाथि छलफल भएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

आजको छलफलमा केही नेताले प्रतिवेदन माथि आफ्नो विचार राखेका थिए । भोलि दिउँसो १ बजेबाट बस्ने बैठकमा थप छलफल हुने उनले बताए ।

एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको सांगठानीक प्रतिवेदनले प्रस्ताव गरेको छ । यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो ।

त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *