सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

डिसी नेपाल
५ असोज २०७८ १९:०५
64
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक ६ः३० बजेदेखि सुरु भएको हाे ।

बैठकमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरूले बताएका छन्। मंगलबार दिउँसो मात्र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

त्यसपछि गठबन्धनको बैठक बोलाइएको हो। भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ।

बैठकमा दाहाल, कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्का, जसमापाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराइ, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *