३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ: गच्छदार
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूलाई सकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको टिप्पणी गरेका छन्।
बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार भएको बताए।गच्छदारले डेढ वर्षपछि पहिलोपल्ट सार्वजनिक रुपमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनको भनाइ थियो, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’
‘३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ’ उनले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment