प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्ने भएको छ। दिउसो दुईबजेका लागि बोलाइएको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल हुने भएको छ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। सम्भावित कार्यसूचीमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको अबरोधका बाबजुद् पनि सभामुख अग्निप्रसाद सापकोटा पेलेरै जाने सोचमा छन्। एमालेको विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै प्रतिपक्षीदलले नियमित संसदमा अवरोध गर्दै आएको छ।
एमालेले संसद अवरोधमात्र नगरेर सभामुख विरुद्ध नाराबाजीसमेत गरेको थियो। यस्तै, सभामुखले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको छ।
प्रतिक्रिया
Facebook Comment