पार्टीले निर्णय गरे चितवनमा प्रचण्डसँग निर्वाचन लड्छु : बादल
फाइल फाेटाे
चितवन। एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डसँग आफू निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन्। तर, यसबारे पार्टीले निर्णय गरिनसकेको उनको भनाइ छ। यदि पार्टीले निर्णय गरेमा आगामी चुनावमा बादल भर्सेस प्रचण्ड हुने उनले बताए।
बादल पूर्वमाओवादीका नेता हुन्। बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन्। तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग निर्वाचन लड्ने घाेषणा गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment