दल विभाजन अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा

डिसी नेपाल
८ असोज २०७८ १३:३१
128
Shares

काठमाडौं। राजनीतिक दल विभाजनसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न माग गर्दै दायर गरिएको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलासमा सुनुवाइ सुरु भएको रिटमा निवेदकका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा कानुन व्यवसायीले बहस गर्दैछन्।

अधिवक्ता श्रीकान्त बरालले मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

रिटमा उनले चलिरहेको संसद हतार हतार अन्त्य गरेर दल विभाजन गर्न ल्याइएको अध्यादेश बदर गर्नुपर्ने, एमालेले सांसद पदबाट कारबाही गरिसकेका माधव नेपालसहित १४ जनालाई सनाखत गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्नुपर्ने माग गरिएको छ।

यता दल विभाजन गर्न ल्याएको अध्यादेशविरुद्ध सत्ता गठबन्धनले प्रतिस्थापन विधेयक ल्याएर निष्क्रिय बनाउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *