भवन उद्घाटन गर्न हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला

डिसी नेपाल
९ असोज २०७८ १६:१६

जाजरकोट । जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाईसमेत सोही तौलको माला लगाएको छ ।

लाखै रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् ।

उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *