मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै कुर्नुपर्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

डिसी नेपाल
१० असोज २०७८ १४:०७

काठमाडौं। दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन्। आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरू सहमत भएको र मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेतालाई दिइएको छ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका शीर्ष नेता सहभागी भएका छन्। बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तथा एकीकृत समाजवादी दलको विषयमा अदालतको आदेश कुुर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलका नेताहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जसपाका नेताले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्ताव दर्ता भएपछि मात्र मन्त्रीको नाम दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *