कन्हैया कुमार कंग्रेसमा प्रवेश गर्ने तयारी
काठमाडौँ । भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातका विधान सभा सदस्य जिन्गेश मेवानी भारतीय कंग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन्।
उनीहरु २८ सेप्तेम्बरमा कंग्रेस प्रवेश गर्न लागेको बताएको समाचार संस्था पिटिआईले जनाएको छ। यसबारे थप कुरा पार्टी प्रवेश गरिसकेपछि मात्रै जानकारी गराउने मेवानीले बताए।
उनीहरु जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का पूर्व विद्यार्थी हुन्। जिग्नेश गुजरात विधानसभाका स्वतन्त्र विधायक हुन्। उनले गुजरातको वडगाम निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। पार्टी प्रवेश गरेसँगै उनी गुजरात कांग्रेसको कार्यकारी अध्यक्ष बन्न सक्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment