कांग्रेस अधिवेशनः भरतपुर महानगरपलिकाको सभापतिमा चित्रसेन अधिकारी
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पालिका स्तरिय अधिवेशनमा भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन्।
आईतबार भएको नगर अधिवेशनमा निर्वाचन मार्फत अधिकारी विजयी बनेका हुन्। महानगरको कुल एक हजार ४८५ क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा चित्रसेन अधिकारीले ६४९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएका छन् ।
नवनिर्वाचित सभापति चित्रसेन अधिकारी भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्षसमेत हुन् ।उनका निकटतम प्रतिद्वन्दी भरत अधिकारीले ५४६ मत ल्याएका छन्।कांग्रेसको भरतपुर नगर सभापति पदमा पाँच जनाको उम्मेदारी रहेको थियो।
तीमध्ये हिरामणि अधिकारीले १२९, बचन कार्कीले ७५ र अर्जुनप्रसाद रिजालले २६ मत ल्याएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment