प्रतिनिधिसभामा राष्ट्रपतिको पत्र
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाएका छन्।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका थिए।
उनले,राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी पनि गराएका छन् ।
भदौ २३ गते यता बसेको सबै बैठकहरुमा एमाले सांसदहरुले नारावाजी गर्दै आएका छन्। अजपनि बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए। अब प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १४ गते १ बजे बस्ने तय भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment