गोरखापत्रको अध्यक्षमा सुवेदी नियुक्त, तेजाबसहित ३ वटा विधेयक संसदमा पेस गर्न स्वीकृति
काठमाडौं । सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले शपथसम्बन्धी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ लाई प्रतिस्थापन विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यस्तै बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा कोषाध्यक्ष लोकराज सुवेदीसहितका पदाधिकारीको राजीनामा स्वीकृत गने निर्णय गरेको र विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment