एमाले विधान महाधिवेशनः प्रभु साहले गरे बहिस्कार
काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर एमालेमा आएका नेता प्रभु साहले शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन बहिष्कार गरेका छन्।
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।उनको तत्कालीन नेकपाकै विधानअनुसार पार्टी चल्नुपर्ने माग रहिआएको छ।
शुक्रबार बिहान काठमाडौंमा आयोजित आफूनिकट नेताहरुसँगको छलफलपछि साहले विधान महाधिवेशनमा सहभागी नहुने निर्णय लिएका हुन्।गत शुक्रबार च्यासल पार्टी कार्यलयमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि साहले ८ बुँदे असहमति पत्र पेश गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment