जुम्ला (क) र (ख) मा पौडेल पक्षीय प्यानल विजयी

डिसी नेपाल
१७ असोज २०७८ ६:४३
440
Shares

जुम्ला। नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्यानल विजयी भएको छ। (क) मा लछिमन बोहरा र (ख) मा कालीबहादुर बुढा सभापतिमा विजयी भएक हुन् ।

बोहराले सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार नारायण शाहीलाई पराजित गरे। (ख) मा बुढाले देउवा पक्षीय भीमनिधि हमाललाई हराए।

(ख) को उपसभापतिमा दानसिंह खत्री, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरबहादुर शाही विजयी भएका छन् ।

(क) मा उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपबहादुर रोकाया विजयी भएका छन् । सचिवमा तीर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भए भने सहसचिवमा छाया बोहरा र बुद्धि तामाङ चयन भएका छन्।

यसअघि भएको गाउँ/नगर अधिवेशनमा पनि पौडेल समूहकै वर्चस्व कायमै रहेको थियो । जुम्लाको एउटा नगरपालिका र सा गाउँपालिकामध्ये दुई स्थानीय तहमा देउवा पक्षले जितेकाे छ । बाँकी स्थानीय तहमा पौडेल पक्षले बाजी मारेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.