सुरु भयो बजार अनुगमन

डिसी नेपाल
१७ असोज २०७८ २३:११

काठमाडौं।  चाडबाड नजिकिएसँगै इलाममा अनुगमन गर्न थालिएको छ । प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुखको नेतृत्वमा अनुगमन गर्न सुरु गरिएको हो ।

बजारमा उपभोक्ताको भीड बढ्न थालेसँगै अखाद्य वस्तुको बिक्री नहोस् भनेर अनुगमन गर्न अनुगमन अघि बढाइएको हो । करमा दर्ता भएर प्यान र भ्याटमा कारोबार भए÷नभएकोसमेत अनुगमन भएको छ । इलाम बजारसहित जिल्लाको बिब्ल्याँटेमा आज बजार अनुगमन भएको छ । होटल, किराना तथा खाद्य वस्तु बिक्री गर्ने पसलमा अनुगमन गरिएको छ । बिब्ल्याँटेमा पेय पदार्थ मात्र म्याद गुज्रिएको तथा होटलका केही वस्तुमा लेबल नभएको पाइएको छ । यता इलाम बजारमा भने चकलेट, मसला, जिराको धुलोलगायत पेय पदार्थमा कतै लेबल नभएको त कतै म्याद गुज्रिएका वस्तु फेला पर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय इलामका अधिकृत युवराज घोसाइँले बताए ।

म्याद गुज्रिएको खाद्य सामग्री जफतसमेत गरिएको छ । यता बजारमा निरन्तर अनुगमन हुने गरेको घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख पदम कट्टेलले बताए । दसैँ अगाडि जिल्लाको फिक्कल, मङ्गलबारेलगायत बजारमा समेत अनुगमन हुने बताइएको छ । अनुगमनमा प्रहरी, सम्बन्धित नगरपालिकाका प्रतिनिधि, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घलगायत प्रतिनिधिलाई अनुगमनमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *