चाडपर्वमा जिल्ला नछाड्न सिडिओ र जिल्ला सुरक्षा प्रमुखलाई गृहको निर्देशन, बिदामा पनि राेक

डिसी नेपाल
१८ असोज २०७८ ७:२३
116
Shares

काठमाडौं । गृह मन्त्रालयले दशैँलगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ।

दशैँ नजिकिदै गएका बेला गृहको निर्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन्। चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको छ।

दशैँमा सरकारी कार्यालय बन्द रहने भए पनि स्थानीय प्रशासन र सुरक्षा निकायका कार्यालय भने खुला नै रहन्छन्।

यस्तो बेला सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाडपर्व सुरक्षा योजना अन्तर्गत सिडिओ अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखलाई अलर्ट रहन र घरबिदामा नजान भनिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *