वल्र्ड रेकर्ड राख्न मेरा पिक हिमालमा स्याब्रु नृत्य छायांकन गरिदैँ

फुर्पा शेर्पा
१९ असोज २०७८ १२:१२

काठमाडौं । शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरुको वृत्तचित्र छायांकन मेरा पिक हिमाल (६,४७६ मि.)मा गरिने भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।

स्याब्रु नृत्यमा महिला, पुरुष दुबै सहभागी हुने छन् । पहिलो पटक आयोजन हुन लागेको ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोमा युगेन शेर्पा सहित अन्य ७ जना जिल्लाबाट शेर्पा युवाहरु सहभागी हुने भएका छन् ।

युगेन शेर्पा (मिस्टर टिन् शेर्पा २०२१) का विजेता समेत हुन् । शेर्पा इभेन्टस ओर्गनाइजरले आयोजना गरेका सो कार्यक्रममा १८ जना शेर्पा युवाहरुले सहभागिता जनाउने छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका अध्यक्ष नुरु शेर्पाले बताए ।

कार्यक्रम आयोजकका सदस्य तथा कार्यक्रम मिडिया मार्केटिङ कोडिनेटर दिकु शेर्पाका अनुसार सो कार्यक्रमले समाजलाई व्यवस्थित र मेलमिलाप तथा नाता कुटुम्ब साइनो जोड्न समुदायको धर्म संरक्षण प्रकृतिलाई सम्मान र समाजलाई असल सभ्य कायम राख्ने छ ।

शेर्पाका अनुसार पवित्र हिमाल (केल्ह, युल्ह ,फोल्ह ,मोल्ह ,रुल्ह ,ड्ल्ह) र पहाडमा विभिन्न देउताहरु(जन्मदेव, भुमि संरक्षक देव, पितादेव, मातदेव, थरदेव, रक्षक) जस्ता महत्वपूर्ण प्रकृतिक शाक्तिका रुपमा बास बसेका देवताहरुलाई सम्मानपूर्वक पूजा गरि अशुद्ध हुन बाट जोगाउन प्राकृतिक अपवित्रता हुन् नदिन अभियानसहित यो कार्यक्रम आयोजन गरिएको हो ।

सबै प्रणी हितका लागि सकारात्मक देवताहरुलाई खुसी बनाउन मौलिक सङ्गित नाचगान तथा परम्परागत शेर्पाहरुको गीत स्याब्रु नाच तथा गायन प्रस्तुत हुने ट्रेनिङ कोडिनेटर तथा सचिव आङ छिरि शेर्पाले बताए ।

शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेको छ । यस जातिको मूल्यमान्यता, रितीरिवाज र परम्परागत संस्कृती बौद्ध धर्ममा आधारित छन् । स्याब्रु शेर्पाहरुको भाषा, भेष, कला संस्कृतीसँग सम्बन्धित मौलिक नाच हो जसमा आफ्नै मौलिक बाजा टुब्नाको प्रयोग गरिन्छ ।

यो नाच बिहेबारी, लोसार लगायत अन्य चाडपर्वहरुमा पनि नाचिन्छ । यस नाचमा महिला पुरुष दुबैको सहभागिता रहन्छ । यो एउटा सामुहिक नाच हो जसमा शेर्पाहरुको मौलिक पहिचान झल्किन्छ ।

विश्व कीर्तिमान कायम गर्न शेर्पा इभेन्ट अर्गनाइजरद्वारा आयोजित स्याब्रु बिधामा ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ महाकुलुब गाउँपालिकामा अवस्थित मेरा पिक हिमाल(६,४७६ मि.)मा अवस्थित ५८०० मिटर हाई क्याम्पमा छायाँङ्कन हुनेछ ।

यस कार्यक्रमको लागि विभिन्न जिल्लाको १८ जना शेर्पा युवाहरुले सहभागिता जनाउँदै छन् । उक्त परियोजनाको लागि हाम्रो टिमले यहि असोज २२ गते काठमाडौंबाट यात्रा शुरु गर्नेछ । उक्त दिनदेखि १५ दिन अर्थात् कार्तिक ७ गतेसम्मको रेकर्ड हाम्रो टिमले राख्ने जनाएको छ ।

शेर्पा इभेन्ट अर्गनाइजरद्वारा आयोजित यस ऐतिहासिक कदमले शेर्पा समुदायको मात्र नभएर नेपालकै शिर उच्च राख्दै विश्वकै आदिवासीहरुको प्रतिनिधित्व गर्ने र गौरवशाली इतिहास रच्ने विश्वास गरिएको छ ।

त्यसका साथसाथै हिमालसँगको प्रगाढ नातालाई झल्काउदै ग्लोबल वार्मिङ न्यूनीकरण गरि प्रकृतिलाई सम्मान, माया गर्नुपर्छ भन्ने सन्देश विश्व सामु प्रबाह गर्नु पनि हो । साथै, कोभिड–१९ ले अस्तब्यस्त पर्यटन क्षेत्रलाई उकास्नुको साथै पर्यटन प्रवद्र्धनमा मेरा पिक क्षेत्रको प्रचार प्रसार समेत हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *