उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो

डिसी नेपाल
२० असोज २०७८ २२:१९

पाँचथ । उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ ।

स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ । स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो । ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ ।

ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *