मन्त्रीकाे टुङ्गाे लगाउन नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
२१ असोज २०७८ ९:४६
80
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले  जानकारी दिए।

बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ। स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेता न्यौपानेले बताए।

एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ। यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्। एसले चार मन्त्रालयको भाग पाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *