अनुसन्धानमा डीएसपी गौतम प्रदेश १ कै उत्कृष्ट

डिसी नेपाल
२१ असोज २०७८ १९:१२

काठमाडौं। अपराध अनुसन्धानतर्फ प्रदेश १ कै उत्कृष्ट अधिकृतका रूपमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम पर्न सफल भएका छन् ।

डीएसपी गौतमलाई प्रदेश प्रहरीले ६६औँ प्रहरी दिवसको अवसरमा अपराध अनुसन्धानतर्फ प्रदेश १ कै उत्कृष्ट अधिकृतका रूपमा पुरस्कारद्वारा सम्मान गरिएको हो ।

झण्डै एक वर्षयता उदयपुरमा कार्यरत रहेका डीएसपी गौतमलाई केही समयअघि जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेको थियो । गौतमले विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको अक्षरशः पालना गर्दै कर्तव्यनिष्ठ, लगनशील र व्यावसायिक भएर प्रहरी संगठनको गरिमा राखेको तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत पुरस्कृत गरिएको प्रदेश प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *