नवौँ अधिवेशन प्रदेश नं १ मा शुरु

डिसी नेपाल
२२ असोज २०७८ १९:१६

काठमाडौं । नवौँ तथा हिउँदे अधिवेशन प्रदेश नं १ को प्रदेशसभामा आजदेखि शुरु भएको छ ।

अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाए।

सत्ता पक्ष नेकपा (एमाले) दलका प्रतिनिधि एवं पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्र र मुलुकको सार्वभौमतालाई बलियो बनाउन राजनीतिक दल विभाजन हुनुहुँदैन बताएका छन्। उनले आफ्ना दलका तर्फबाट विचार राख्ने क्रममा पार्टी भित्रको आन्तरिक जीवनलाई व्यवस्थित गर्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएको बताए ।

सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दसैँका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र लोकतान्त्रिक रष्ट्रिय मञ्च नेपालका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले पनि सरकारले नैतिक हैसियत गुमाएको अवस्था संविधान र लोकतन्त्रको मर्म एवम् भावनाअनुसार चल्नुपर्ने धारणा राखे । प्रदेशसभाको अर्को बैठक असोज २४ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *