देउवा र प्रचण्डबीच सवाल जवाफ, माधव नेपाल मौन

डिसी नेपाल
२४ असोज २०७८ ८:२२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमेशर राणालाई समेत भाग लगाएर चार दलको सरकार विस्तार गर्न शुक्रबार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सवाल जवाफ भएको छ ।

देउवा र दाहालबीचको सत्ता गठबन्धनको आयुका विषयमा सवालजवाफ भएको हो। यी दुई नेताबीच सत्ता गठबन्धनको भविष्यका विषयमा सवाल जवाफ हुँदा गठबन्धनका दुई नेताहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए।

समाचारअनुसार, देउवाले सरकारले राखेका प्रस्तावहरुमा विपक्षी दल नेकपा एमाले र त्यसका नेता केपी ओलीको सपोर्ट लिनुपर्ने अवस्था नआओस् भन्नेतर्फ विचार पुर्‍याउन गठबन्धन दलका नेताहरुसँग आग्रह गरेका थिए।

उनले संसदको बैठकमा प्रस्तुत गर्ने सरकारका प्रस्तावहरुमा सत्तारुढ दलहरुको समान धारणा हुनुपर्ने सर्त राख्दै मन्त्रिपरिषद्को विस्तार गरेरमात्रै नहुने त्यहीअनुसार, दलहरुबीचको धारणा पनि मिल्नुपर्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनको पहिलो काम सरकारको पूर्णता दिनु हो बाँकी विषयमा छलफल गर्दै जान सकिने जवाफ फर्काएका थिए।

ओलीले एमसीसीलाई संसदमा पेश गरेर देखाउन र संसदमा छलफलमा ल्याउन सल्लाह दिएको, संसदमा सत्तारुढ दलकै बहुमत भएकाले विपक्षीले सपोर्ट गर्नु नपर्ने तर देउवालाई सत्तारुढ दलले समर्थन नगरे आफूले विचार गर्न सक्ने जवाफ पठाएको कुरा पनि देउवाले गठबन्धन दलका नेताहरुको सो बैठकमा सुनाएका थिए।

यो कुरामा प्रधानमन्त्री देउवाले चित्त बुझाएनन्। सांकेतिकरुपमा समान धारणाको कुरा गरिरहेको देउवाले संसदको आगामी बैठकमा सरकारले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी पेश गर्ने त्यसमा फरक धारणा अरु दलको प्रस्तुत हुनु नहुने भन्दै प्रचण्डलाई पुन जवाफ फर्काए।

स्रोतका अनुसार, आज मन्त्रिमण्डल विस्तार गरौं, सरकारमा सहभागिता नभई दलहरुको समान धारणाको अपेक्षा किन गर्ने? भन्दै दाहालले देउवालाई नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि सरकारमा आएपछि बाँकी विषयमा छलफल गर्न सकिने कुरा गरेर देउवाको प्रस्तावलाई टार्न खोजेका थिए।

तर, देउवाले दाहाललाई जवाफ दिन छोडेनन्। उनले सरकारका प्रस्तावमा ओलीको सहयोग लिनुपर्ने अवस्था आउन नहुनेतर्फ सजग हुन दाहाललाई सचेत गराए।

ओलीले एमसीसीलाई संसदमा पेश गरेर देखाउन र संसदमा छलफलमा ल्याउन सल्लाह दिएको, संसदमा सत्तारुढ दलकै बहुमत भएकाले विपक्षीले सपोर्ट गर्नु नपर्ने तर देउवालाई सत्तारुढ दलले समर्थन नगरे आफूले विचार गर्न सक्ने जवाफ पठाएको कुरा पनि देउवाले गठबन्धन दलका नेताहरुको सो बैठकमा सुनाएका थिए।

देउवाको प्रष्ट कुरा एमसीसीमा प्रचण्डले समर्थन नगरे विस्तार हुने मन्त्रिपरिषद्को आयु छोटो हुन्छ, ओलीको सपोर्ट लिनु पर्ने अवस्था आउन दिनु अर्को समीकरण बन्नु हो भन्ने थियो।

दुई नेताबीचको सवाल जवाफमा सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले आफ्नो पार्टीले सत्ता गठबन्धन नछाड्ने तर सत्तामा पनि नजाने र एमसीसीको पक्षमा भोट पनि नदिने स्पष्ट पारेकी थिइन्।

एमसीसीबारेको यो सवाल जवाफमा माधव नेपाल र उपेन्द्र यादवले कुनै प्रतिक्रिया जनाएका थिएनन्। उनीहरु सुनेरमात्र बसेका थिए। प्रधानमन्त्री देउवा जतिसक्यो चाँडो एमसीसी संसदमा पेश गर्नुपर्ने पक्षमा छन् भने सत्ता गठबन्धनका अन्य घटक गठबन्धनमा साझा धारणा बनाएर मात्रै संसदमा पेश गर्नुपर्ने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *