टेक्सासको दशैं उत्सवमा चङ्गा चैट, शरिष्मा-संजीव र यमले नचाए नेपाली

डिसी नेपाल
२६ असोज २०७८ ९:५७

टेक्सास। नेपाली समाज टेक्सासले अमेरिकी भूमिमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा दशैं महोत्सवको आयोजना गरेको छ। अक्टोबर १० आइतवार भएको सो उत्सवमा नेपाली कलाकारहरुका सांगितिक प्रस्तुतिका साथै चङ्गा चेट कार्यक्रम पनि राखिएको थियो।

नेपाल तथा बाल्टिमोर बाट निमन्त्रणा गरिएका नेपाली कलाकारहरु यम बराल, संजीव प्रधान र सरिष्मा अमात्य र स्थानीय गायक बेद बस्नेतले माहोल तताए।

यम बरालले दर्शकलाई आफूसँगै नचाए, उनले नचाउने गीतसँगै चर्चित गीत निष्ठुरीले छाडेर गइहाली बोलको गीत गाएर मनोरञ्जन दिए। शरिष्माले दर्शकलाई आफना गीतहरुसँग झुमाइन्। उनीसँगै उनका लोकप्रिय गीतहरु दर्शकले गाए। कोहो त्यो, निधारमा टीका छ, पिरतीको नसा लगायतका आफनो लोकप्रिय गीत गाएर दर्शकलाई उफारिन्।

त्यस्तै गायक संजीव प्रधानले पनि आफनो लोकप्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। कार्यक्रममा टेक्ससका गायक बेद बस्नेतले पनि केही गीत गाएर दर्शकलाई नचाए।

यस महोत्सवमा गीत संगीत सँगसँगै नेपाली खानाको उत्सव पनि रहेको थियो। दशैको रौनकतालाई बढाउन चंगा चैट पनि राखिएको थियो। बिभिन्न नेपाली पहिरनाहरुले नेपाली बाद्यबादन, नेपाली लुगा इत्यादिका स्टलहरु पनि राखिएको थियो ।नेपाली समाज टेक्सासको आयोजनामा आइतबार नेपालीहरुको महानपर्व विजयदशमीको शुभकामना, समाजमा बिशेष योगदान गर्नेहरुको सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

टेक्ससकै युलेश शहरमा रहेको बियर क्रिक पार्कमा आयोजित उक्त कार्यक्रममा आउने जाने गरेर लगभग ७००–८०० नेपालीहरुको उपस्थिति थियो। नेपाली समाज टेक्सासका महासचिव भानु खरेलले उद्घोषण गरी शुरु गरेको उक्त कार्यक्रममा नेपाली पाठशालाका योगा शिक्षक बटुक बिष्टले मन्त्रोच्चारण गरेर कार्यक्रमको उद्घाटन गरे भने समाजका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्लेले स्वागत गरेका थिए।

टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै नेपाली पाठशाला संचालन गर्दै आइरहेको छ। १७ बर्षको स्कूलको इतिहासमा अहिले भने स्कूलले ठूलै छलाङ्ग मार्यो । तीनै स्कूलका बालबालिकाहरुको प्रस्तुतिबाट कार्यक्रमको शुरुवात गरियो । स्कूलकी शिक्षिका श्रद्धा अधिकारीले स्कूलको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

स्कूलका प्रिन्सिपल विजयराज भट्टराईले शुभकामना संगै यस स्कूललाई नेपाल बाहिर रहेको नेपालीद्वारा संचालित सवैभन्दा ठूलो स्कूल बनाउन सहयोग गर्ने सवैप्रति धन्यबाद समेत ज्ञापन गरेका थिए। भट्टराईले आफू प्रिन्सिपल भएपछि गत दुइ बर्षमा मात्र स्कूलले १,००० बालबालिकालाई स्कूलमा भर्ना भएर अध्ययन गरेको तथ्यांक प्रस्तुत गरेका थिए।

त्यसपछि नेपाली समाजका सम्पुर्ण पुर्व अध्यक्षहरुले नेपाली पाठशालाका सम्पूर्ण शिक्षकहरुलाई उनीहरुले समाजमा गरेको बिशेष सामाजिक सेवाको कदर गर्दै सम्मान गरे।

स्कूलका प्रिसिपल भट्टराइ लगायत शिक्षकहरु भोज बलायर, शुशिल चौधरी, बटुक बिष्ट, डा. होम आचार्य, श्रद्धा अधिकारी र पशुपति तिम्सिनालाई सम्मान गरिएको थियाे। कार्यक्रममा सहभागी सबैलाई नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले धन्यबाद ज्ञापन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *