सांसद सुनुवारले कैदीबन्दीलाई दिए खसी उपहार
ओखलढुंगा । ओखलढुंगाबाट निर्वाचित संघीय सांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीको उपस्थितमा खसी उपहार दिएका हुन् ।
उनले विजया दशमीको उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुलाई शुभकामना आदानप्रदान गर्दै खसी उपहार दिए । सांसद निर्वाचित भएदेखि २०७० सालबाट उनले निरन्तर खसी दिँदै आएका छन् । विभिन्न अभियोगमा कारागारमा रहेका व्यक्तिहरु आफन्तबाट टाढा रहने र चाडबाड खल्लो हुने हुँदा जिल्लाका प्रमुख व्यक्तित्वले शुभकामना दिएर खसी दिइएको सांसद सुनुवारले बताए ।
उनले कारागार सुधार गृह पनि भएकाले विभिन्न अभियोगमा जेलमा रहेका व्यक्तिहरुलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलोस् भनेर आफूले वर्षेनि खसी उपहार दिएर शुभकामना आदान प्रदान गर्ने गरेको उल्लेख गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment