राष्ट्रपति भण्डारीले आज उपत्यकाको शक्तिपीठहरूको दर्शन गर्ने

डिसी नेपाल
२७ असोज २०७८ १३:१६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन्।

बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन्। उनले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लागेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *