घुमघामको योजना छैन, आधा समय फोन उठाउँदैमा जान्छ : विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्यामन्त्री

डिसी नेपाल
२८ असोज २०७८ ११:३०
112
Shares

काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले दशैं काठमाडाैंमै मनाउने बताएका छन्र। उनले भने , ‘मेरो दसैँ काठमाडौंमा हुन्छ। बुवाबाट टीका लगाउँछु। जिल्ला (चितवन)मै बसेको भए शुभचिन्तकलाई लाइदिन्थेँ। काठमाडौंमा ओल्लो घरका मान्छेले पल्लो घरकालाई चिन्दैनन्। तैपनि कोही शुभचिन्तक आउनुभयो भने फरक परेन। टीका लगाइदिन्छु। घुमघामको चान्स छैन।’

दुई दिन कता घुम्ने, घुम्ने भने पनि जिल्ला नै घुम्ने हो। त्यो पनि सम्भावना छैन। कास्की, चितवन पुगिसके । काठमाडौंमै नातगोता दुनियाँ भेट्ने काम बाँकी छ। त्यो पनि होला। घर आउनेहरूसँग गफ गरेर बिताउनुपर्‍यो। त्योभन्दा फुर्सदको समय भयो भने पत्रपत्रिका पढ्ने, दशैँ विशेषांक हेर्दाहेर्दै समय बित्छ।

आधा समय फोन उठाउनमै जान्छ। अहिले स्वास्थ्यको होसियारी गर्ने, दूरी कायम गर्ने भनेर आशीर्वाद दिनुपर्ने अवस्था छ। हामीले जसरी मनाउँदै आएका छौं त्यसरी नै मनाउने हो। माननीय हुँदा, मन्त्री हुँदा दसैँ कस्तो भन्दा उस्तै हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *