छुट्टि भएपछि हाइकिङ गरेँ, श्रीमान् र सासुसँग दसैँ मनाउँछु : न्यायाधीश सपना प्रधान मल्ल

डिसी नेपाल
२८ असोज २०७८ ११:४०

काठमाडाैं । दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दशैँ विशेष छ। अवसरजस्तो भएको छ। हामी अदालतको कर्मचारी, न्यायाधीशहरु दशैँमा पनि कामै गर्ने हो। दशैँमा पनि ड्युटी त छँदैछ। फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ। दशैँ बुढो सासुसँग बसेर काठमाडौंमै मनाउने योजना छ। घुमघाम भइरहेको छ। छुट्टि भएपछि हाइकिङ सुरु गरेको छु।

विष्णुमतिको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो। आनी गुम्बा पनि जाने योजना छ। काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ। शनिबारै कुर्न परेन। दशैँ विदाले यो अवसर पनि जोडेको छ। मठ मन्दिरमा जाने समय पनि मिलेको छ। यसपालिको दशैँमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टीका थाप्ने, टीका लगाइदिने, नजिकै घुम्ने त्यहीँ नै कार्यक्रम छ। मैले सासुबाट टिका थाप्छु। अनि अरुलाई लगाइदिने हो। कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशिर्वाद लिने/दिने यसैगरी मनाइन्छ।

फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तकहरु अध्ययन गर्ने समय छैन। मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरु, आर्टिकलहरु पढिरहेको छु। कानुनहरु समयानुसार परिवर्तन हुँदैछन्। तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौं।

जस्तो रेप केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरु पढिरहेको छु। चाडपर्वलाई मैले संस्कृतिका रुपमा लिन्छु। जोडिने, विविधतामा एकता ल्याउने आधारका रुपमा हेर्छु। मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो। किनभने संस्कृति पनि एउटा एकतामा बाध्ने आधार हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *