मेरा लागि दसैँ फुर्सदको समय पनि हो, गगन थापा, नेता, नेपाली कांग्रेस

डिसी नेपाल
२८ असोज २०७८ १२:५६
104
Shares

काठमाडाैं । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ। हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ। त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं।

राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो। तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने, बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ। यसरी नै बित्छ। मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन।

मैले आमाबुवाबाट लाउँछु। मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर। उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ। एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु। विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *