दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत

डिसी नेपाल
२८ असोज २०७८ १४:४०

उदयपुर । कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ माग्न राहत उपलब्ध गराइएको छ। उदयपुरकाे त्रियुगा नगरपालिका–१३ का दैनिक ज्यालामजदुरी गर्ने अति विपन्न परिवारलाई दसैँ माग्न राहत उपलब्ध गराएको हो।

स्थानीय त्रियुगा महिला कृषक समूहद्वारा सहजीकरणमा समाज सेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व माग्न समस्या भई रहेको १२४ घर परिवारलाई राहत उपलब्ध गराएका हुन्।

दैनिक ज्यालादारीमा आश्रित अति विपन्न १२४ घरधुरीका ५३८ (महिला २७३ पुरुष २६५) परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। जनसंख्याको आधारमा १५ दिनको लागि राहत खाद्यान्न सामाग्रीहरू चामल, दाल, खानेतेल, नुन र तरकारीको बिउ मास्क र साबुन उपलब्ध गराएको छ।

राहत प्रति घर न्युनतम १५ देखि अधिकतम ४० केजी चामल र सोहीअनुसार अन्य सामाग्रीहरु दिइएको थियो । राहत उपलब्ध गराएपछि सहभागीहरूले दसैँमा दिइएको राहत हाम्रा लागि भगवान घरमा आए सरह भएको स्थानीय सुनितादेवी चौधरीले बताइन्।

राहत समाजसेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले ३ लाख मूल्य बराबरको सामाग्री उपलब्ध गराएको समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्कीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *