वल्र्ड रेकर्ड राख्न मेरा पिक हिमालमा स्याब्रु नृत्य छायांकन गर्न पुगे १८ जना युवा

डिसी नेपाल
३० असोज २०७८ १८:५७

काठमाडौं। शेर्पा इभेन्ट अर्गनाइजरद्वारा आयोजित कार्यक्रम ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकन भोलि गरिने भएको छ।

शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरुको वृत्तचित्र छायांकन मेरा पिक हिमाल क्याममा हुने छ। १८ जना युवाहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने योजनाका साथ आयोजन गरिएको शेर्पा ईभेन्ट अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाले बताए।

शेर्पाका अनुसार ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनका लागि सम्पूर्ण तयारी पुरा भएको छ। उनले भने, ‘हामी भोलि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल हुन् सबैले आफ्नो तर्फबाट राम्रो तयारी गरिरहेका छौं।’ उक्त कायक्रमका लागि सम्पूर्ण समुह तयारी अवस्थामा रहेको शेर्पाले बताए।

स्याब्रु नृत्यमा महिला, पुरुष दुबै सहभागी हुने छन्। पहिलो पटक आयोजन हुन लागेको ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोमा युगेन शेर्पा सहित अन्य ७ जना जिल्लाबाट शेर्पा युवाहरु सहभागी हुने भएका छन्। शेर्पाका अनुसार पवित्र हिमाल -केल्ह, युल्ह ,फोल्ह ,मोल्ह ,रुल्ह ,ड्ल्ह_ र पहाडमा विभिन्न देउताहरु -जन्मदेव, भुमि संरक्षक देव, पितादेव, मातदेव, थरदेव, रक्षक_ जस्ता महत्वपूर्ण प्रकृतिक शाक्तिका रुपमा बास बसेका देवताहरुलाई सम्मानपूर्वक पूजा गरि अशुद्ध हुन बाट जोगाउन प्राकृतिक अपवित्रता हुन् नदिन अभियानसहित यो कार्यक्रम आयोजन गरिएको हो।

शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेको छ। यस जातिको मूल्यमान्यता, रितीरिवाज र परम्परागत संस्कृती बौद्ध धर्ममा आधारित छन्। स्याब्रु शेर्पाहरुको भाषा, भेष, कला संस्कृतीसँग सम्बन्धित मौलिक नाच हो जसमा आफ्नै मौलिक बाजा टुब्नाको प्रयोग गरिन्छ।

यो नाच बिहेबारी, लोसार लगायत अन्य चाडपर्वहरुमा पनि नाचिन्छ। यस नाचमा महिला पुरुष दुबैको सहभागिता रहन्छ। यो एउटा सामुहिक नाच हो जसमा शेर्पाहरुको मौलिक पहिचान झल्किन्छ।

शेर्पा इभेन्ट अर्गनाइजरद्वारा आयोजित यस ऐतिहासिक कदमले शेर्पा समुदायको मात्र नभएर नेपालकै शिर उच्च राख्दै विश्वकै आदिवासीहरुको प्रतिनिधित्व गर्ने र गौरवशाली इतिहास रच्ने विश्वास राखेका छन्।

त्यसका साथसाथै हिमालसँगको प्रगाढ नातालाई झल्काउदै ग्लोबल वार्मिङ न्यूनीकरण गरि प्रकृतिलाई सम्मान, माया गर्नुपर्छ भन्ने सन्देश विश्व सामु प्रबाह गर्नु पनि हो । साथै, कोभिड–१९ ले अस्तब्यस्त पर्यटन क्षेत्रलाई उकास्नुको साथै पर्यटन प्रवद्र्धनमा मेरा पिक क्षेत्रको प्रचार प्रसार समेत हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *