हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ।
नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ।
मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment