काष्ठमण्डप पुनर्निर्माणको कार्य ९६ प्रतिशत सकियो (तस्वीरहरु)
काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार पुरातात्विक तथा ऐतिहासिक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

उनले हालसम्म सम्पदाको पुनर्निर्माण कार्य ९६ प्रतिशत सकिएको जानकारी दिए। हाल मन्दिरको तेस्रो तल्लाको छाना लगाउने काम भइरहेकाले अबको केही महिनाभित्र काष्ठमण्डप पूर्ण रुपमा बनिसक्ने शाक्यले बताए ।

उनले भने, ‘पहिलो र दोस्रो तल्लाको छाना ओछ्याउने काम भइसक्यो अब तेस्रो तल्लाको छाना लगाउने काम भइरहेको छ । र, प्राय भित्रको काम लगभग सकिएकाले पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।’

उनका अनुसार कोरोनाको तेस्रो लहरले असर गरेन भने अबको केही महिनाभित्र काष्ठमण्डपको काम सम्पन्न हुन्छ ।





No ads found for this position


Facebook Comment