धुलिखेल नगरपालिका वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसन सचिवालय सदस्यमा निर्वाचित
काठमाडौं । धुलिखेल नगरपालिका वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको सचिवालय सदस्यमा निर्वाचित भएको छ। सोमबार भएको अर्गनाइजेसनको ५ औं साधारण सभाबाट नगरपालिका सचिवालय सदस्यमा निर्वाचित भएको हो।
विश्वका १ सय ३६ देशका शहर सदस्य रहेको अर्गनाइजेसनमा १७ सदस्यीय सचिवालय रहेको छ।
सन् २०२१ देखि २०२३ सम्मका लागि सचिवालय सदस्यमा नगरपालिका निर्वाचित भएको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए।
वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५औँ महासभालाई नगरप्रमुख ब्याञ्जुले सम्बोधन समेत गरेका थिए।
धुलिखेल नगरपालिका शून्य कार्बन उत्सर्जन गर्ने एसियाको पहिलो हुँदै वातावरणमैत्री विकास गर्ने संसारका १५ शहरको सूचीमा समावेश भइसकेको छ।
सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लसएन्जल्स पनि अटाएका छन्। धुलिखेल नगरपालिका सूचीको पाँचौं स्थानमा छ।
Facebook Comment