पहिरोले खोड्पेका सात घर जोखिममा
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन्। मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन्।
खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड्पेले जनाएको छ। बजार क्षेत्र नै पहिरोको जोखिममा परे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय गोपाल भाटले बताए। आइतबार रातीदेखिको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment