बैतडीको शिवनाथमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

डिसी नेपाल
२ कार्तिक २०७८ १९:२२

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ।

अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *