हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए

डिसी नेपाल
३ कार्तिक २०७८ ९:५९

सुर्खेत। हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिँदा एकै परिवारका ६ जना पुरिएका छन्। जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन्।

खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन्।

एकै परिवारका ६ जना पुरिएको खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *