भारतले कैलालशपुरी बाँध बन्द गर्दा टिकापुर डुबानमा

डिसी नेपाल
३ कार्तिक २०७८ ११:५३

धनगढी। भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टिकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ। कणाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ।

तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो। टिकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ पर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ।

टिकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टिकापुरको पूर्वि क्षेत्र डुबानमा परेको उनले बताए।

‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्ष ठकुल्लाले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए । ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ उनले भने।

यसैगरी, रानीजमरा कुलरिया सिंचाइ आयोजनाको साईड ड्याम फुटेर बस्तीमा छिरेको पानीका कारण टिकापुर बजारसमेत डुबानमा परेको छ। इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश साप्कोटाका अनुसार मंगलबार नहरबाट जानकी नगरपालिका क्षेत्रमा पसेको पानी बग्दै टिकापुर बजार क्षत्रमा पुगेपछि अहिले टिकापुर बजार क्षेत्र डुवानमा परेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *