तीन दिनदेखि तुम्लिङ फसेका चार विदेशीको हेलिकाेप्टरमार्फत उद्धार

डिसी नेपाल
४ कार्तिक २०७८ १४:०२
164
Shares

हुम्ला । हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ।

हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरिक रहेका हुन् भने तीनजना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगार्ड रहेका छन्। अलपत्रमा परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर,कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला रहेका हुन्।

हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया तीन जना पुरुष र एक जना महिला तथा तीन जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकाेप्टरबाट उद्वार गरि सिमकोट ल्याएको छ।

सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए। लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकाेप्टर बोलाएको तामाङले बताए।

उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमानस्थलले जनाएको छ। यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरू बिहीबारबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने तामाङले जानकारी दिए।

आइतरबार रातिदेखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *