प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण

डिसी नेपाल
४ कार्तिक २०७८ १४:२९
44
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन्। मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन्।

यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ। त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा आज विहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका छन्। तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *