एक नेपालीसहित चार जना विदेशी आरोहीकाे उद्धार
काठमाडौं। पछिल्लो केही दिनको खराब मौसम र हिमपातका कारण सोलुखुम्बुको मेरा पिक (६४७० मि) आरोहण गरी फर्किने क्रममा बाटोमै फसेका मध्ये चार जना विदेशी पर्यटक सहित १ जना नेपाली उद्धार गरी काठमाडौं ल्याइएकोछ।
नेपाल पर्वतारोहण संघले गत मंगलबार मेरापिक आरोहण गरेर फर्किने क्रममा एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीका एक सदस्य छेतेन शेर्पा पछिल्लो तीन दिनदेखि सम्पर्क विहीन भएको जनाएको छ।
१८ जना युवाहरु मध्य छेतेन शेर्पा वेपत्ता भएका हुन्। १८ जना युवाहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने योजनाका साथ पुगेका थिए।
नेपाल पर्वतारोहण संघ (एनएमए)ले बिहीबार विज्ञप्ति जारी गदै चार जना विदेशी पर्यटक सहित १ जना नेपालीलाई काठमाडौं ल्याइ ग्राण्डी अस्पतालमा उपचार भइरहेको जानकारी गराएको छ।
मेरा पिक आरोहण गरी फर्कँदै कममा बाटोमै रोकिएका शेर्पा इभेन्टस अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएका टोलीले सुरक्षित रुपमा लुक्लामा ल्याएको जनाएको छ।
एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीका एक सदस्य छेतेन शेर्पा पछिल्लो तीन दिनदेखि सम्पर्क विहीन छन्। नेपाल पर्वतारोहण संघले सम्बन्धित कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य जारी रहेको छ।
ग्रुप लिडर नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा पैदल यात्रामार्फत पनि खोजी जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment