विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा, तत्काल रात्रिकालीन उडान नहुने
विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ। तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment