फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दै
काठमाडौं। सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दैछ। बैठक साेमबार बिहान ११ बजे बस्ने एक जना न्यायाधीशले जानकारी दिए।
सर्वाेच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एक जना मुलुक बाहिर र चार जना उपत्यका बाहिर छन्। १४ जना न्यायाधीशहरू छलफलमा जुट्न लागेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुल कोर्ट बहिस्कारको निर्णय गरेका थिए।
आजको बैठकले भावि रणनीतिबारे थप निर्णय लिनेछ। प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल वार एसोसियसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट डाकेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment