आफ्ना लागि इजलास तोकेनन् प्रधानन्यायाधीश राणाले
काठमाडौं । कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन्।
सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि सातवटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन्।
आफुसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफुलाई भने इजलासमा मुद्दा तोकेका छैनन्। उनको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन्।
पाँच जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन्। जसका कारण सोमबार (आज) सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन। न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment